धादिङ । दिगो समतामूलक आर्थिक एवम सिपमुलक समाजको सिर्जना अभियान अन्तर्गत “एक घर एक उद्योग हरेक घर सबै रोजगार” भन्ने नाराका साथ धादिङ जिल्लाको १३ वाटै स्थानीय तहमा काम गर्ने उदेश्यले
‘Plan Star Sano Sansar skill development’ नामक संस्थाले ५ दिने तालीम तथा प्रशिक्षण कार्यक्रम सप्पन्न गरेको छ ।
धादिङका १३ वटा स्थानीय तह बाट प्रतिनिधित्व हुने गरि संचालन गरिएको ५ दिने तालिम तथा प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई विभिन्न किसिमका सिपमुलक तालीम दिनुको साथै भबिस्यमा संस्था मै कर्मचारीको रुपमा कार्यरत हुने गरि प्रशिक्षक समेत दिइएको तालिममा सहभागी हर्क तामाङले बताए ।
साथै संस्थाले नेपालको सबै जिल्लामा काम गर्ने लक्ष्य रहेकोमा पहिलो प्राथमिकता धादिङ जिल्लालाई राखी कार्यक्रम सुरु गर्न खोजेको हो ।
बर्तमन अवस्थामा नेपालमा दिनप्रतिदिन बेरोजगारको समस्या उत्पन्न भैरहेको अवस्थमा बेरोजगार निर्मुलिकरण गर्नको लागि धादिङबाट काम सुरु गर्न खोजिएको केन्द्रिय महासचिव प्रस्थान सियनले बताउनुभयो। उहाँका अनुसार हरेक स्थानीय तह संग समन्वय गरि अगाडि बढने र सीप मुलक तालिम प्रदान गरि हरेक ब्यक्तिलाई स्वरोजगार बनाउने उदेश्य रहेको बताउनु भयो ।




























