नीलकण्ठ बहुप्राविधिक शिक्षालयमा भदौ १२ गते सम्म भर्ना गर्न मिल्ने

धादिङ । नीलकण्ठ बहुप्राविधिक शिक्षालयको भर्ना अवधि यहि भदौ १२ गते सम्म रहेको शिक्षालय प्रमुख विदुर काफ्लेले जानकारी दिनुभएको छ । भदौ ८ गतेबाट पदभार ग्रहण गर्नुभएका काफ्लेले विद्यार्थीहरुको सहभागिता देखेर आफुलाई उत्साहित बनाएको बताउनु भएको छ ।
प्राविधिक विषय प्रति सरोकारवाला निकायबीच राम्रो समन्वय र सहकार्य रहेकोले सिट क्षमता अनुसार विद्यार्थीहरु भर्ना गर्न सफल भएको नीलकण्ठ नगरपालिकाका उप मेयर दीपक विश्वकर्माले जानकारी दिनुभयो ।

नीलकण्ठ बहुप्राविधिक शिक्षालय व्यवस्थापन समितिको हिजो बुधबार बसेको बैठकमा व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सरोकारवाला निकायबीचको सहकार्य र समन्वयले मात्र सफल हुने बताउनु भएको छ ।
बैठकले नीलकण्ठ नगरपालिकाको प्रत्येक वडाले २ २ जना विद्यार्थीलाई पुर्ण छात्राृबृत्तिमा पढाउने निर्णय समेत भएको छ । यसैगरी जिल्लाको ८ वटा पालिकाले प्रत्येक पालिकाबाट ३ ३ जनालाई पुर्ण छात्राबृत्तिमा प्राविधिक बिषय पढाउनको लागि सिफारीस गर्ने निर्णय भएको छ ।
बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रको आंगिक संस्थाको रुपमा नीलकण्ठ नगरपालिका वडा नम्बर ४ खानिगाउँ,धादिङमा स्थापना भएको नीलकण्ठ बहुप्राविधिक शिक्षालयलाई जिल्लाकै साझा शिक्षण संस्थाको रुपमा सन्चालन तथा व्यावस्थापनको लागि सबै कार्यालय तथा पालिकाहरुले आवश्यक सहयोग,सहकार्य र समन्वय गर्ने र गराउने विषयमा समेत निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाल लम्सालको अध्यक्षतामा बसेको बैठकले हालसम्मको उपलब्धी तथा तत्काल देखिएका आवश्यकता लगायतका विषयमा आम सरोकारवालाहरुलाई पुनःसुसुचित गर्न सन्चार माध्यम लगायत विभिन्न माध्यमबाट सुचना प्रवाह गर्ने निर्णय समेत भएको छ । नीलकण्ठ बहुप्राविधिक शिक्षालयमा डिप्लोमा ईन अटोमोवाईल ईन्जिनियरिङ र डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ(स्पेसलिष्ट ईन हाईड्रोपावर) विषयमा कक्षा सन्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here