रामकुमारी झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट चुनावमा लड्ने

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)की सासंद रामकुमारी झाक्रीले गुल्मी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएकी छन्।
उनले आइतबार फेसबुकमा एउटा तस्बिर राख्दै आफू गुल्मी क्षेत्र नम्बर २ मा चुनाव लड्ने जानकारी दिएकी हुन्।
उनले एमालेको विरासतलाई तोडेर देखाउने समेत बताएकी छन्। गुल्मीको क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट सासंद छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here