धादिङकी शान्ता तामाङलाइ ‘राष्ट्रिय नारि सम्मान-२०७९’ प्रदान

काठमाडौ । दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड -२०७९ मा अभिनेत्री, समाजसेवी, युवा नेत्री, पर्यटन ब्यबसायी तथा इभेन्ट अर्गनाइजर शान्ता तामाङलाइ ‘राष्ट्रिय नारि सम्मान-२०७९’ बाट सम्मानित गरिएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता तथा गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख दिपक कुमार रिसालको बिसेष आतिथ्यतामा सम्पन्न उक्त अवार्डमा प्रमुख अतिथि प्रचण्ड मार्फत समाजसेवी शान्तालाइ सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान प्रदान गरिएको थियो ।
बिगत लामो समय देखि समाजसेवा, ब्यबसाय, विभिन्न कार्यक्रमको आयोजना, कलाकारिता तथा राजनीतिको माध्यम बाट मुलुकलाइ समृद्ध बनाउन खेलेको भूमिकाको उच्च मुल्यांकन गर्दै शान्ता तामाङलाइ ‘नेशनल इन्टरटेनमेन्ट राष्ट्रिय नारि सम्मान -२०७९’ प्रदान गरिएको आयोजक संस्थाले जानकारी गराएको छ।
उक्त अवार्डमा वरिष्ठ कलाकार, निर्देशक कृष्ण मल्ललाई दीर्घ साधना सम्मान, चर्चित गायक चेतन सापकोटालाई संगीतकर्मी रजत सम्मान, चर्चित पत्रकार ऋषि धमलालाई पत्रकारिता रजत सम्मान त्यस्तै वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठलाई नारीरत्न सम्मानबाट सम्मानित गरिएको आयोजक तथा अवार्डका अध्यक्ष सूर्य चन्दले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here