बेनिघाट रोराङ गाउँपालिकाले कला र साहित्य प्रतिस्ठानको निर्माण गर्ने

धादिङ । बेनिघाट रोराङ गाउँपालिकाले भौतिक बिकास मात्रै नभै सामाजिक ,सांस्कृतिक एबं साहित्य र कलाको माध्यम बाट पनि मानिसहरुको अन्तर्निहित प्रतिभाहरुलाई उजागर गर्ने उदेश्यका साथ अबिरल मगरको संयोजकत्वमा एक अस्थायी समिती गठन भएको होराइजन खबर पालिका संबाददाता गणेश तामङले बताउनु भयो ।

जस्ले पालिका भरिका सम्पूर्ण वडाहरुका साहित्य र कला सम्बन्धि ब्यक्तिहरुलाई समेटेर एक सक्रिय र स्थाई समिती निर्माण गरिने छ जस्लाई कला र साहित्य प्रतिस्ठान भनिनेछ। प्रतिस्ठानको नाम र पधादिकारी अर्को बैठकले निर्णय गर्नेछ । प्रत्येक कुना कुनामा छरिएर रहेका प्रतिभाहरुलाई समेट्ने गरेर कला र साहित्य प्रतिस्ठानको गठन गर्न खोजिएको तामाङले बताए ।

जस्तै गजल ,कविता मुक्तक ,उपन्यास ,कथा जस्ता साहित्यको अनेक बिधा देखि लिएर गाउने बजाउने नाच्ने एवम अन्य कलाहरुलाई समेत समेटिने हुँदा प्रत्येक गाउँ, टोल, बस्तीहरुमा रहेका प्रतिभाहरुलाई उजागर गरेर सभ्य एवम साहित्यमय पालिकाको निर्माणको लागि एक खुड्किलो हुने देखिन्छ ।

उक्त भेला एवम अन्तर्किया कार्यक्रममा पालिका प्रमुख,उपप्रमुख,वडाका प्रतिनिधि, स्रोत ब्यक्ति , विभिन्न सस्थांमा आबद्ध ब्यक्तीहरु, शिक्षक एवम १० वटै वडाहरुको कला र साहित्य अनुरागी मनहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here