बिजय दशमीको अवसरमा रुबीभ्याली १ लब्दुङ्गमा खुला पुरुष भलिबल प्रतियोगिता हुने

धादिङ । हिन्दुहरुको महान चाड बडा दशैको पावन अवसरमा “पहिलो रुबीभ्याली १ गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता” असोज १८ गते देखि हुने भएको छ ।

रुबीभ्याली १ लब्दुङ्ग युवा समाज द्वारा आयोजित उक्त प्रतियोगितामा भलिबल खेल संगै गोरु जूधाई, सांस्कृतिक एबं चिठ्ठा कार्यक्रम समेत हुने आयोजक समितिले बताएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ६५ हजार ५ सय, द्वितीय ३५ हजार ५ सय तृतीय २० हजार र सान्त्वना पुरस्कार ५ हजार टोकिएको छ । साथै टिम दर्ता शुल्क ३५ सय टोकिएको छ भने असोज १७ गते सम्म टिम दर्ता गर्न पाइने आयोजक टिमले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here