टानको अध्यक्षमा निलहरि बाँस्तोला बिजयी

काठमाडौ । पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टानं) को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित भएका छन्। गए राति सम्पन्न मतगणनाबाट आफना प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई हराउँदै बास्तोला विजयी भएका हुन्।
यस्तै टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतित पण्डित, द्धितिय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here