पहिरोले विद्युत पोल र तारमा क्षति पुराउदा धादिङबेसिमा दुई दिन विद्युत अबरुद्ध हुने

धादिङ । देविघाट शवस्टेशन बाट तारुकाघाट हुँदै धादिङबेसी आएको ३३ के.भी. प्रशारण लाइन खण्डमा पहिरोले पोल र तारमा क्षति पुगे पछी २ दिन सम्म धादिङबेसिमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

विद्युत कार्यालय धादिङका अनुसार पहिरोले २ वटा पोल भाँचिएको छ । १० वटा विद्युतको पोलमा क्षति पुग्नुको साथै तारहरु चुडेकाले तत्काल मर्मत गर्न नसक्ने र नयाँ लाइन बनाउनुपर्ने भएकोले विद्युत सेवा सुचारु गराउन करिब २ दिन लाग्ने विद्युत कार्यालयले धादिङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here