नीलकण्ठ बहूप्राविधिक शिक्षालय संचालन गर्ने सम्बन्धमा प्रेस सम्मेलन

धादिङ । नीलकण्ठ बहूप्राविधिक शिक्षालयलाई कक्षा सञ्चालनको लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले अनुमति दिए सगै सो बारे जानकारीको लागि सोमबार धादिङ बेसिमा प्रेस सम्मेलन गरिएको छ ।

नीलकण्ठ नगरपालिकाको उप-मेयर दिपक बिस्वकर्माले उक्त समारोहलाई सम्बोधन गर्नु हुँदै, छोटो समय मै उपलब्ध यो सफलता धादिङका नीलकण्ठ बासी र सिङ्गो धादिङबासी कै निम्ति सुखद र गौरवशाली रहेको बताउनु भयो ।

किसानका छोराछोरीले आफ्नै जिल्लामा थोरै रकम खर्चेर यस्तो किसिमको प्राबिधिक शिक्षा हासिल गर्न पाउदा उनीहरुको भबिस्य उज्ज्वल हुने र अत्यन्तै कम आर्थिक अवस्था भएका विद्यार्थीहरुले पनि बहुप्राबिधिक शिक्षा हासिल गर्न सक्ने बताउनु भयो । साथै नीलकण्ठ बहूप्राविधिक शिक्षालय सञ्चालन अनुमति प्रदान गर्न महत्त्वपूर्ण भुमिका खेल्नु हुने सबै ब्याक्तित्व र निकायलाई धन्यवाद समेत ब्यक्त गर्नु भयो ।

परिषदको श्रावण १२ गतेको निर्णय अनुसार भौतिक पूर्वाधारहरु(कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय, मानव संसाधन र प्रयोगात्मक अभ्यास) नीलकण्ठ नगरपालिकाले गर्नेगरी डिप्लोमा इन सिभिल इन्जिनियरिङ (स्पेसलाईजेसन इन हाइड्रोपावर) र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ कक्षा सञ्चालनको अनुमति दिएको हो । साथै नीलकण्ठ नगरपालिका कार्यपालिकाको पहिलो बैठकले उपमेयर दिपक विश्वकर्मालाई बहुप्राबिधिक शिक्षालय स्थापनाका लागि जिम्मेवारी दिएको थियो ।

डिप्लोमा इन सिभिल इन्जिनियरिङका लागि ४८ जना र अटोमोबाइल इन्जिनियरिङका लागि २४ जना कोटा निर्धारण गरिएको छ । शैक्षिक सत्र २०७९÷०८० का लागि भर्ना समेत सुरु भएको छ ।

प्राविधिक शिक्षालय संचालन गर्नको लागि वडा नं ४ साविकको खानीगाउँ आधारभूत विद्यालयलाई नीलकण्ठ माविमा मर्ज गरेर उक्त विद्यालयलाई आधार बनाइ नीलकण्ठ बहुप्राविधिक शिक्षालय सञ्चालन गरिने छ । निकट भविष्यमै फार्मेसीको कक्षा पनि सञ्चालनमा आउने उपमेयर विश्वकर्माले जानकारी दिनुभयो । उक्त शिक्षालयमा सीटीइभिटिकै दरवन्दी संरचना अनुसार कर्मचारी तथा शिक्षकहरु रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here