धादिङ थाक्रेका सजन रुपाखेती मृत भेटिए

धादिङ । थाक्रे गाउँपालिका वडा नं ८ मा सोमबार एक व्यक्ति मृत भेटिएका छन् ।
उक्त स्थानमा होटल गरि बस्ने धुनिवेशी वडा नम्बर ५ का सजन रुपाखेती होटल रहेको घर नजिकै मृत भेटिएका हुन् ।

न्यु धार्के खाजा घरको सञ्चालक रहेका रुपाखेती आईतबार हिजो राती एक्लै सुतेका थिए ।
उनको शव बिहान मात्र होटल रहेको घरको कम्पाउण्ड वाल माथी भेटिएको थियो । मृतक रुपाखेतीको आत्महत्या वा हत्या के हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here