इजरायल द्वारा गाजा क्षेत्रमा आक्रमण: इस्लामिक जिहाद लडाकुसहित २४ जनाको मृत्यु

अन्तरास्ट्रिय खबर । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणमा परी गाजामा २४ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
इजरायली सेनाले प्यालेस्टिनी सशस्त्र समूह इस्लामिक जिहाद (पीआईजे) का लडाकुहरूलाई निशाना बनाएको छ।

मृत्यु हुनेमा पीआईजेका नेता तैसिर जबरी सहित ६ जना बालबालिका र धेरै लडाकु रहेका छन् ।

यसैबीच, इजरायली अधिकारीका अनुसार आक्रमणको जवाफमा शुक्रबारदेखि इजरायलमा करिब ३०० रकेट र मोर्टार प्रहार गरिएको छ। तीमध्ये ७० को करिब इजरायल पुगेनन् र गाजा पट्टीमा खसे।
इजरायलले पीआईजेको धम्कीलाई ध्यानमा राखेर यो अभियान सुरु गरेको जनाएको छ ।
मे २०२१ मा ११ दिनको लडाइँपछि इजरायल र गाजाबीचको यो सबैभन्दा गम्भीर भिडन्त हो। मे महिनामा २०० प्यालेस्टिनी र दर्जनौं इजरायलीहरू लडाइँमा मारिए।
इजरायली सेनाले ‘ब्रेकिङ डन’ नामको यो अपरेशन एक सातासम्म चल्न सक्ने चेतावनी दिएको छ ।
इजरायलका अनुसार गाजामा हवाई हमलाको अतिरिक्त, कब्जा गरिएको वेस्ट बैंकबाट छापा मारेर पीआईजेका करिब १९ सदस्यलाई पक्राउ गरिएको छ।
टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै इजरायलका प्रधानमन्त्री लेपिडले भने, “इजरायलले आतंकवाद विरुद्ध सशक्त अभियान सुरु गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here