सुन, डलर, र पेस्तोल सहित धादिङका बेग बहादुर तामाङ पक्राउ

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले पेस्तोल, सुन जस्तो देखिने पंहेलो धातु तथा डलर जस्तो देखिने नोट सहित २ जनालाई बुधबार पक्राउ गरेको छ । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ का बेगबहादुर तामाङ र शोभा तामाङलाई पक्राउ गरेको हो ।

लपाङफेदीबाट धादिङवेशीं आउँदै गरेको मुस्ताङ फोर्स चेकजाँच गर्ने क्रममा सुन जस्तो पंहेलो धातु र डलर जस्तो देखिने नोटहरु सहित उनिहरु पक्राउ परेका हुन् । प्रहरीले गाडी चेकजाँच गर्ने क्रममा उनिहरुको झोलाबाट एक किलो फाईन गोल्ड ९९९.९ लेखिएको विस्कुट आकारको सुन जस्तो पंहेलो धातु एकथान र अमेरीकी डलर जस्तो देखिने ५० दरको नोट ९७ थान, एक सय दरका नोट २ सय ६३ थान र मोवाईल २ थान सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।

पक्राउ परेका २ जनालाई म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । यस्तै बेगबहादुर तामाङको घरमा लुकाईछिपाई राखेको अवस्थामा २ थान पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने २० राउण्ड गोली, कटुवा पेस्तोल एक थान, विस्कुट जस्तो देखिने सुन जस्तो पंहेलो धातु ५ थान पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here