श्रीमान्-श्रीमतीको झगडाले काभ्रेस्थलीमा ४ जनाको बीभत्स हत्या

काठमाडौं । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिएका छन् । तारकेश्वर नगरपालिका- २ पदमसालमा एकै परिवारका श्रीमान, श्रीमती र दुई छोराछोरी मृत भेटिएका हुन् ।
गोरखा घर भई काभ्रेस्थली बस्दै आएका घरमुली ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, छोरी १३ वर्षीया आशिका पाण्डे र छोरा  ८ वर्षीय आशिक पाण्डे मृत भेटिएका हुन्। 
पाण्डेकी श्रीमती सुनिता काप्री पाण्डे युके जाने तयारीमा रहेको स्थानीयले बताएका छन् । 
स्थानीय सुशान्त न्यौपानेले दिएको जानकारी अनुसार श्रीमान र श्रीमतीबीच मेलमेलाप थिएन । सधैजसो झैंझगडा भइरहन्थ्यो । पारिवारिक झगडा ३ पटकसम्म प्रहरीसम्म पनि पुगेको थियो । तर, सम्बन्ध सुध्रिएको थिएन ।
दिनेशले परिवारको हत्या गरेर आफूले आत्महत्या गरेको आशंका प्रहरीको छ। 
पहिला श्रीमतीको हत्या गरेर छोराछोरीलाई चक्कु प्रहार गरेपछि अन्तमा आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 
घटनास्थलमा सुसाइट नोट भेटिएको प्रहरीले जनाएको छ।
प्रहरी वृत्त बालाजुका अनुसार चारजनाको शव विभत्स अवस्थामा भेटिएको हो । 
सुनिता र दुई छोराछोरीको शव एउटा कोठामा र दिनेशको शव अर्को कोठामा भेटिएको घटनास्थल पुगेको प्रहरीले जनाएको छ । 
घटनास्थलमा तरकारी काट्ने चक्कु रगतले लतपतिएको अवस्थामा भेटिएको छ ।  
स्थानीय सुशान्त न्यौपानेका अनुसार दिनेशले नजिकैको चोकमा बिजुली पसल चलाउने गर्थे । पसल घाटामा गएपछि केहि समयअघि बेचेका थिए । श्रीमती सुनिता युके जाने तयारीमा रहेको र भीषा पनि आइसकेको थियो। दिनेश ४ वर्षअघि कुवेत बसेर नेपाल फर्किएका थिए । उनी १२ वर्ष कुवेत बसेर तारकेश्वरमा घर बनाएका थिए ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । 
घरको ढोका भित्रबाट बन्द गरेको अवस्थामा भेटिएकाले  बाहिरको व्यक्तिको प्रवेश गरेको प्रमाण फेला नपरेको प्रहरीले जनाएको  छ।
अहिले घटनास्थलमा त्रिवि फरेन्सिक विज्ञको टोलीसहित अनुसन्धानका लागि प्रहरी परिचालित गरिएको छ ।
गोरखा भीमसेन गाउँपालिका–६ स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका पाण्डे परिवारका चारजना सोमबार बिहान मृत अवस्थामा फेला परेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here