चीनिया नेता लिउ र एकीकृत समाजवादीका नेताहरुबीच भेटवार्ता

काठमाडौ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । मंगलबार नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा नेताहरूको भेट भएको हो । छलफलमा पार्टीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायत रहेका छन् ।

चार दिने नेपाल भ्रमणमा रहेका नेता लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेट गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here