रामेछापमा बस दुर्घटना: ९ जनाको मृत्यु, २४ घाइते

रामेछापको बेथानबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। मंगलबार बिहान बा ३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका-१ लुभुघाट नजिकै दुर्घटना भएको डीएसपी राजकुमार थिङले जानकारी दिए। उनका अनुसार ४ जना महिला र ५ जना पुरुषको मृत्यु भएको हो। उनीहरुको पहिचान खुल्न बाँकी रहेको छ।

दुर्घटनामा घाइते भएकामध्ये २४ जनालाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ। प्रहरी टोलीले उद्धार कार्य जारी राखेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here