मुक्तक मञ्च धादिङ शाखाको आयोजनामा ‘विशेष मुक्तक बाचन कार्यक्रम’ हुने

कला/साहित्य । मुक्तक मञ्च धादिङ शाखाको आयोजनामा असार २० गते सोमबार भर्चुअल रुपमा ‘विशेष मुक्तक बाचन कार्यक्रम’ हुने भएको छ ।

मुख्य गरि ६ जना द्वारा मुक्तक बाचन गरिने सो कार्यक्रममा अन्य सहभागीले समेत आफ्ना मुक्तकहरु बाचन गर्न सकिने छ ।
कार्यक्रममा मुक्तक मञ्च काठमाडौ शाखाका अध्यक्ष राजेन्द्र घिमिरे, मुक्तक मञ्च धादिङ शाखामा आबद्ध हरिशरण अर्याल, गणेश घिमिरे एबं केन्द्रिय समितिमा आबद्ध मुक्तकार श्रद्धा आचार्य त्यस्तै मुक्तकार रुसन सुवेदी र सुवास पौडेलको उत्कृष्ट मुक्तकहरु कार्यक्रममा बाचन गरिने छ ।

कार्यक्रमको प्रमुख अतिथि मुक्तक मञ्च केन्द्रिय अध्यक्ष पोखराका रामजी प्रसाद आचार्यले गर्नु हुनेछ भने विशेष अतिथिमा धादिङका साहित्यकार, समाजसेवी डा. नवीन बन्दु पहाडीको आतिथ्य रहने छ ।

मुक्तकको उत्थान, हाम्रो अभियान भन्ने मुल नाराको साथ नेपाल भरी एबं अन्तरास्ट्रिय क्षेत्रमा रहेका नेपालीहरुलाई समेत समेटिएर शाखा बिस्तार एबं मुक्तकको उत्थानको निम्ति अभियान संचालन मुक्तक मञ्चले गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here