खनियाबासका उपाध्यक्ष सेकेमान तामाङ द्वारा पालिकामा म्याद गुज्रिएको सामानको अनुगमन

धादिङ । खनियाबाँस गाउँपालिका उपाध्यक्ष सेकेमान तामाङले पालिकामा संचालन भएका ब्यापार ब्यबसायहरुमा म्याद गुज्रिएको सामानहरु बिक्रीवितरण भइरहेको छ कि भनेर अनुगमन गर्नु भएको छ । यश बिसयमा तीब्र रुपमा जनगुनासो भए पछि तामाङले अनुगमन गर्नु भएको हो ।

चेकजाँचको क्रममा केही म्याद गुज्रिएको सामान समेत भेटिएको र एकपटकको निम्ति सम्झाएर छाडिएको अर्को पटक पनि भेटिए कडा भन्दा कडा कारबाही गर्ने जानकारी गराइएको प्रेम तामाङले होराईजन खबरलाई बताए ।

त्यस्तै निर्माण योजनाको समेत अनुगमन गर्नु भएको छ । अबको दिनहरूमा निर्माण योजनामा पनि पालिकाले कडाइ गर्ने बताउनु भयो । हरेक किसिमका बजेटका योजनाहरुमा अलि अलि काम गरेको जस्तो गर्ने अनि सबैको मिलेमतोमा पैसा कमाउने जुन किसिमको परम्परा छ त्यसको अन्त्य गर्न यस्तो निर्णय गरिएको उपाध्यक्ष तामाङले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here