पेस्तोल सहित धादिङका दुई जना पक्राउ

धादिङ । खनियाबाँस गाउँपालिका २ झार्लाङका दुई जना पेस्तोल सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा झार्लाङ घर भएका २५ वर्षिय सुनिल तामाङ र अविनाश तामाङ रहेका छन् ।

गोप्य सूचनाको आधारमा अवैध रुपमा हातहतियार पेस्तोल लुकाई छिपाई राखेको छ भन्ने जानकारीपाए पछि जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षक रमेश थापाको नेतृत्वमा खटि गएको प्रहरी टोलीले उनिहरुलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । साथै कोठा खानतलासी गर्दा म्याग्जिन सहितको पेस्तोल एक थान‚ खुकुरी एक थान र मोबाईल सेट तिन थान फेला पारी बरामद गरीे हिरासत कक्षमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here