देशका यि क्षेत्रमा कुनै पनि बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने, कारण यस्तो छ

काठमाडौ । इन्टरनेट सेवा प्रदायक संघले देशभरका विभिन्न ९ स्थानमा कुनै पनि बेला इन्टरनेट सेवा बन्द हुने जानकारी दिएको छ ।
विद्युत प्राधिकरणसँगको पोलभाडा सम्बन्धमा भएकाले विवादले कुनै पनि बेला सेवा प्रभावित हुने संघले जनाएको हो ।
संघले एक विज्ञप्ति जारी गर्दै पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी प्राधिकरण उल्टो दिशातर्फ हिँडेको जनाएको छ ।

‘नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्लेख दिशातर्फ गैरकानुनी ढंगले हाम्रा इन्टरनेट प्वाइन्ट, डाटा सेन्टर, पीओपी र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरबेटी समेतको विद्युत लाईन काट्ने कार्य निरन्तर रुपमा गरिरहेको छ ।’ संघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

विद्युत लाईन काट्दा इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, धुहवी, लहान र डोटीमा ब्याकअप सिस्टमले काम गर्न छाडेपछि इन्टरनेट सेवा बन्द हुने जानकारी दिएको छ ।
प्राधिकरणले विद्युत लाईन काटेको स्थानमा ब्याकअप सिस्टमको प्रयोग भइरहेको र त्यसले धान्न छाडेपछि ती स्थानमा कुनै पनि समयमा इन्टरनेट सेवा अवरुद्ध हुने संघले जनाएको छ ।
संघले इन्टरनेट सेवा प्रदायकहरु पोलभाडा तिर्न तत्पर रहेका तर सरकारको उच्चस्तरीय समितिको प्रतिवेदन अनुसार हुनु पर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here