नेपाल र भुटानका राजदूतबीच नयाँदिल्लीमा भेटवार्ता

काठमाडौ । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतसहित नेपाल हेर्ने भुटानी राजदूत मेजर जनरल भेट्सप नामग्यालबीच भेटवार्ता भएको छ।

नयाँदिल्लीस्थित भुटानी राजदूतावासमा भएको भेटमा द्विपक्षीय सम्बन्धबारे चर्चा भएको नेपाली दूतावासले जनाएको छ।
राजदूत शर्माले भुटानी राजदूत नामग्यालसँग भेट्न पाउँदा खुसी लागेको बताएका छन्।
भेटमा नेपाल-भुटान द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएकफ शर्माले जानकारी दिएका छन्।
‘दुई देशबीच पारस्परिक हितका विषयमा सहयोग अभिवृद्धि गर्ने विषयमा चर्चा भयो,’ राजदूत शर्माले ट्वीट गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here