मतदान गर्न जादा स्याङ्जामा जिप दुर्घटना : मृतकको संख्या १३ पुग्यो

बैशाख – ३० । स्याङ्जाको वालिङमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । स्याङ्जाको वालिङ १४ स्थित अर्खलाबासमा जिप दुर्घटनामा परेको हो । 
ग २ च ३०२६ नम्बरको जिप दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलले दिएको जानकारीअनुसार मृतकको संख्या १३ पुगेको छ । जिपमा २६ बढी यात्रु रहेको बताइएको छ । ती सबै मतदाता रहेको उनले जानकारी दिए । मतदाता बोकेर केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो ।
‘‘१३ जनाको मृत्यु पुष्टि भइसकेको छ । १२ जना घाइतेलाई पोखरा रिफर गरिएको छ ।  एकजना बेहोस अवस्थामा थिए, अहिले मृत्यु भएको भनिएको छ । तर उनलाई पनि पोखरा रिफर गरिएको छ,” उनले भने ।

स्थानीय प्रकाश डुम्रेका अनुसार उकालो बाटोमा तान्न नसक्दा जिप दुर्घटना भएको हुन सक्ने धेरैको अनुमान छ ।
“बाटो निकै ठाडो रहेछ,” उनले भने, “ठाडो उकालोमा गाडीले तान्न नसकेको भन्ने देखियो । गाडी करिब पाँच सय मिटर तल खसेको छ, उकालोमा तान्न नसक्दा दुर्घटना भएको देखिन्छ ।”
उनका अनुसार तल्लो बाटोमा जिप अडिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here