मुक्तक दोहोरी: धादिङका मनोज चेपाङ र गणेश तामाङका १० उत्कृष्ट मुक्तकहरु

धादिङ । मुक्तक मञ्च धादिङ शाखामा आबद्ध मुक्तकार एबं साहित्यकार गजुरी -४ गैरिगाउँ धादिङका मनोज चेपाङ र बेनिघाट रोराङ गाउँपालिका २ धादिङका गणेश वाईवा तामाङका मुक्तक दोहोरीमा उल्लेख भएका १० मुक्तकहरु यस्ता रहेका छ्न ।

मुक्तक-१
असली सोझी अनि भएको संस्कारी खोज्देउ दाजु
घरमा पर्यो आवाश्यक एउटि असल नारी खोज्देउ दाजु
तिमिले भाउजू ल्याई छुट्टी हाल्यौ घरमा बाआमा मात्र
बिहे गर्छु म पनि अब त मलाई बुहारी खोज्देउ दाजु
मनोज चेपाङ (बाबू)

मुक्तक-२
तिम्रो ति मायाको फुल गोड्ने माली ल्याउँछौ त
धेरै गोरि छैनन् हल्का फुल्का काली ल्याउँछौ त
अरु को खोज्नु खै मैले चिनजानको कोहि छैन नि
भाउजुको बहिनी मेरि कान्छी साली ल्याउँछौ त।
गणेश वाइवा तामाङ

मुक्तक-३
खानु छ समाजको सबैबाट बधाई साली मिलाई दिनुस्
यति मात्र सहयोग गर्नुस भाईलाई साली मिलाई दिनुस्
मलाई त फुट्या कौडिले पनि हेर्दिनन् कान्छी सालीले
आशा छ हजुरमाथी नै ए मेरा दाइ साली मिलाई दिनुस्
मनोज चेपाङ (बाबू)

मुक्तक-४
मनमा चोखो प्यार भर्नु साली पट्टि हाल्छन्
मायाको बीउ उता छर्नु साली पट्टि हाल्छ्न्
चिन्ता नलिनु भाई म पनि कुरा राखिदिम्ला
मिठा मिठा बातहरु गर्नु साली पट्टि हाल्छन
गणेश वाइवा तामाङ

मुक्तक-५
आफ्नो दिलमा सजाएको मित्र अरु कोहि छ कि
बुझ्न गार्‍हो छ आजभोली चरीत्र अरु कोहि छ कि
म माया त अथाह गरिहाल्छु नि साली नानिलाई त
तर पनि उसको म बस्ने मुटु भित्र अरु कोहि छ कि
मनोज चेपाङ (बाबू)

मुक्तक-६
बुझ्नुपर्छ जमाना पनि जाली छ अहिले
कतै पनि मन नडुलाकी साली छ अहिले
एउटा थियो अरे अरु सङ्गै बिहे गरेछन्
ढुक्क हुनु उनको मन खाली छ अहिले
गणेश वाइवा तामाङ

मुक्तक-७
मेरा सपनाहरू साकार पार्न जाउँ मध्य रातमा
अब बाधाहरु बिच बाटोमै मार्न जाउँ मध्य रातमा
घरमा बाबाआमा ले बिहे गर भनी दबाद दिनुहुन्छ
फकाउँ फुलाउँ मानेनन् भने घिसार्न जाउँ मध्य रातमा
मनोज चेपाङ (बाबू)

मुक्तक-८
रिसले त आफैलाई खान्छ सेखी झार्ने बात नगरेस
हाम्रो पनि केही ईज्जत् छ खत्तमै पार्ने बात नगरेस
बरु एकपटक नमान्दैमा हरेस नखाउ फेरि फकाउनु
तर केश लाग्छ बाबू मध्यरातमा घिसार्ने बात नगरेस
गणेश वाइवा तामाङ

मुक्तक-९
तपाईं जानुस ससुराली म आउँला मध्य रातमा
अनि मै सालिको दुबैहात समाउँला मध्य रातमा
हुन त कानुन बलियो छ आज भोलि बुझेकोछु
अगाँलो मार्दै चुम्बन गर्दै फकाउँला मध्य रातमा
मनोज चेपाङ (बाबू)

मुक्तक-१०
रातमा बजेपछि ती हातको चुरा बेग्लै हुन्छ कान्छा
उठ्न पनि त सक्छन् घरका भुरा बेग्लै हुन्छ कान्छा
दिउँसो नै जाम्ला तिमी र म ससुराली हाँस्दै खेल्दै
होस गर दिनको र रातको कुरा बेग्लै हुन्छ कान्छा
गणेश वाइवा तामाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here