नागरिक एपमा रहेको मतदाता परिचयपत्र देखाएर समेत मतदान गर्न पाइने

काठमाडौ । आउँदो शुक्रबार हुन गइरहेको स्थानीय निर्वाचनमा नागरिक एपमा रहेको मतदाता परिचयपत्र देखाएर समेत मतदान गर्न पाइने भएको छ ।

मतदाता परिचय पत्र हराएको खण्डमा मतदाताले यो सुविधा प्रयोग गर्न पाउने भएका हुन् ।
यसका लागि पहिले निर्वाचन आयोगको वेबसाइटमा गएर गएर आफ्नो जिल्ला, स्थानीय निकाय र मतदान केन्द्र छनोट गरी आफ्नो मतदाता परिचय पत्र नं खोज्नुपर्छ ।

यसपछि नागरिक एप डाउनलोड गरी सोही मतदाता परिचय पत्र नं को प्रयोग गरी नागरिक एप भेरिफाई गर्नुपर्ने बताइएको छ ।

यसो गर्नाले प्रयोगकर्ताको मतदाता परिचय पत्र नागरिक एपमा देखिनेछ र मतदानको दिन प्रयोग गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here