राष्ट्रिय मानव अधिकार आयोग र नेपाल मानब अधिकार संगठन धादिङ बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ । निर्वाचन आचारसंहिता सम्बन्धि धादिङमा क्रियाशिल ‘राष्ट्रिय मानव अधिकार आयोग’ र ‘नेपाल मानब अधिकार संगठन’ धादिङ बीच शनिबार अन्तरक्रिया सम्पन्न भएको छ ।

उक्त अन्तरक्रियामा आसन्न बैशाख ३० गते हुन लागिएको स्थानीय तहको निर्वाचन संग संबंधित विविध बिषयबस्तुहरुमा छलफल गरिएको छ ।

आचारसंहिता कार्योन्वयन भयो कि भएन, जिल्ला निर्वाचन कार्यालय बाट कस्तो भैरहेको कार्यहरू, महिला उम्मेदवारको अवस्था, स्वतन्त्र उम्मेदवारको अवस्था, मतदाता शिक्षा, नागरिक संघ सस्थाहरुको भुमिका, राष्ट्रिय मानव अधिकार आयोगको भुमिका लगायतका बिषय बस्तुमा छलफल गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here