रसुवाको भोर्लेमा ग्यास सिलिन्डर पड्किदा दुई जना घाइते

सानू बहादुर तामाङ, रसुवा । नौकुण्ड गाउँपालिका वडा नं. ५ भोर्लेमा बिहिवार ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् ।

भोर्लेका ५८ वर्षीय कामी सिङ गोलेको घरमा ग्यास सिलिन्डर जाेड्ने क्रममा पड्किएको हो । सिलिन्डर पड्किँदा उहाँकी ५० वर्षीया श्रीमती गोमा गोले घाइते हुनुभएको छ । घरमा आगलागी समेत भएको र क्षतिकाे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here