आकाशमा ४ वटा ग्रह एकैसाथ लहरै देखिने

काठमाडौं । सौर्यमण्डलका चार वटा ग्रह आकाशमा एकैसाथ देखिन थालेका छन् ।
विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार यही वैशाखमा वृहस्पति, शुक्र, मंगल र शनि ग्रह एकसाथ पंक्तिवद्ध रुपमा आकाशमा देखिन थालेका हुन् ।
उनका अनुसार यी चार ग्रहसँगै चन्द्रमा पनि लामबद्ध देखिन्छ । यो क्रम केही दिनदेखि जारी छ । र, अझै केही दिनसम्म यी ग्रहहरू यसैगरी लामबद्ध देखिरहेनछन् ।यी लामबद्ध भएका ग्रहलाई बिहान ३/४ बजेतिर देख्न सकिने शर्माले बताए । तर, प्रकाश कम प्रदूषित भएको हुनुपर्नेछ ।

ग्रहलाई हेर्न प्रदुषण कम भएको स्थानबाट पूर्व–दक्षिण दिशाको एजिम्यूथकोण ९० डिग्री देखि १४० डिग्री र उचाइकोण १० डिग्रीदेखि ४५ डिग्रीमा अवलोकन गर्नुपर्ने छ । निमित्त निर्देशक शर्माका अनुसार ग्रहलाई सजिलै चिन्न सकिनेछ । शुक्र ग्रह अरुको तुलनामा धेरै चम्किलो देखिन्छ भने मंगल ग्रह रातो रङको देखिनेछ ।
तर, यी ग्रहहरू पङ्तिबद्ध रहेता पनि एकै साथ चित्र लिन भने कठिन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here