रुबीभ्यालीको अध्यक्षमा बेग तामाङ र वडा न. ५ को अध्यक्षमा शेर तामाङको उम्मेदवारी

धादिङ । जनजागरण पार्टी नेपाल रुबीभ्यालीको प्रमुखमा बेग तामाङ र वडा न ५ को वडा अध्यक्षमा शेर बहादुर तामाङ द्वारा आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी मनोनयन गर्नु भएका छन । त्यस्तै सदस्यहरुमा समीर तामक, महिला सदस्यमा नरिमाया तामाङ र रानिजोम तामाङ रहेका छन ।

पहिलो पटक निर्वाचनमा भाग लिएको उक्त दलले रुबीभ्याली गाउँपालिका प्रमुख र वडा न. ५ मा प्रतिस्पर्धाको लागि उम्मेदवारी दर्ता गराएका हुन । त्यस्तै नीलकण्ठ नगरपालिकाको मेयरमा काल बहादुर बि.क. र उप-मेयरमा कोपिला परियारले उम्मेदवारी मनोनयन गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here