रुबीभ्याली वडा न. ६ को वडा अध्यक्षमा युवा नेता समीर गुरुङको उम्मेदवारी

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा न. ६ को वडा अध्यक्षमा सत्तारुढ गठबन्धन पार्टी नेकपा एकीकृत समाजबादीको तर्फ बाट एकीकृत समाजबादीका युवा नेता एबं युवा संघ धादिङका उपाध्यक्ष समीर गुरुङ द्वारा मनोनयन गर्नु भएको छ ।

बिगत १२/१५ वर्ष देखि राजनीतिमा सक्रिय गुरुङ एक मिलनसार सबै सङ्ग मिल्ले राम्रो चरीत्र भएका युवा नेता गुरुङ रुबीभ्याली वडा न. ६ का बलियो दाबेदार हुन साथै निकट भबिस्यामा राम्रो सम्भावना बोकेको युवा नेता को रुप मा हेरिएको छ ।

गुरुङले विभिन्न संघ संस्थाहरुमा समेत काम गरि सक्नु भएको छ । दुई कार्यकाल नमस्ते ग्रामीण बिकास समाज को उपाध्यक्षको रुपमा काम गरिसक्नु भएको छ, एक कार्यकाल कोङ्गाङ समुदाय बन को अध्यक्ष भएर, त्यस्तै रिम्स नेपाल हिमालयन हेल्थ कियर लगायत मा वर्षौ काम गरेर समाज मा असल पहिचान बनाइसक्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here