स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारी मनोनयन हुँदै

काठमाडौ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारी मनोनयन हुँदैछ । स्थानीय तहमा उम्मेदवार बन्न निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्नेछ ।
आइतबार बिहान १० देखि ५ बजेसम्म र सोमबार बिहान १० देखि ५ बजेसम्म उम्मेदवारलाई मनोनय दर्ताको समय तोकिएको छ ।
पहिलो दिन आज साना दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराउने आँकलन गरेको उनले बताए । ‘ठूला राजनीतिक दलको टिकटको तारतम्य मिलेको देखिदैन । त्यसैले ठूला राजनीतिक दलको हकमा सोमबार हुने देखिन्छ ।
स्थानीय तह निर्वाचनको मनोनयन दर्ता आजदेखि सुरु हुने भए पनि अझै विभिन्न जिल्लामा ठूला दल उम्मेदवार छनोटमै अल्झिएका छन् । उम्मेदवारको टुंगो नहुँदा निर्वाचनको रौनक त्यति छैन । सत्ता गठबन्धनमा कतिपय जिल्लामा सहमती जुट्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here