ज्वालामुखी ३ मा कांग्रेस बाट जगन भट्टको वडा अध्यक्षमा उम्मेदवारी घोषणा

सन्दीप तामाङ, धादिङ । ज्वालामुखी गाउँ पालिका वडा न. ३ का नेता तथा युवाहरुको ढुकढुकी नेपाली काङ्ग्रेस गाउँ पालिका सचिव जगन भट्ट द्वारा वडा अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन ।

धादिङ जिल्लालाई कर्म थलो बनाएर आफ्नो पार्टी नभनी जो सुकैलाइ पनि आफुले सकेको र सक्दो सामाजिक अनि प्रशासनिक काम हरु, कार्यलय कामहरुमा धेरै खट्ने र विशेष गरि दुख कष्ट र समस्या आइपर्ने बेला जुनसुकै बेला जतापनी पुगेर जनताको लागि साथ सपोर्ट अनि सहयोग गर्ने युवा नेता हुन जगन भट्ट ।

आफ्नै गाउमा रहेको विद्यालय श्री शमिभन्ज्याङ मा. वि.मा अध्यन गरि सानै देखि राजनीतिमा होमिएका उहाँ २०५९ सालमा ने.बि.स. को अध्यक्षको जिम्मेवारी लिइएर राजनीतिमा प्रवेश गरेका हुन । २०६४ सालमा क्याम्पस पढ्ने क्रममा काठमाडौ को बसाइ हुदा पनि पशुपति बाहुमुखी क्याम्पसमा नेबिसको सदस्य भइ २०६५ सालमा नेपाली काङ्ग्रेस मैदी सम्पर्क काठमाडौ समितिको उपध्यक्ष पदमा रहेर काम गरिसक्नु भएको छ ।

अहिले आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावमा भट्टले पनि वडा अध्यक्ष टिकटको लागि दावी गरेका हुन । सामाजिक काम हरु गर्न लाई सधै अगाडी बढ्ने भट्ट बिरामी हुदा जनताको घर घरमा गएर अस्पतालमा पुर्याउने,बाटो घाटो बिग्रीदा आफ्नै लगानी गरेर मर्मत गरि सेवा गर्ने,जस्ता कामहरुमा अग्रसर युवा नेता उहालाई टिकट पाए भ्रष्टाचार मुक्त वडा,आफ्नो सीप र क्षमता अनुसार पार्टी नहेरी युवा हरुलाइ रोजगारको ग्यारेन्टी ,स्वास्थ्य र शिक्षामा गुणस्तर बढाउने,कृषकहरुको लागि विशेष वडा अनुदान दिइने महिला तथा अल्प सङ्ख्या अनि दलित हरुको लागि छुट्टै किसिमको योजना बनाइ अवसारहरुमा प्राथमिकता दिइने, कृषिमा आधुनिकिकारणको व्यवस्था मिलाइने । उहाको भावी योजनाहरु रहेको छ । तर पार्टीले हाम्रोलाइ होइन राम्रो लाई टिकट दिनेमा बिश्वास्ता रहेको अनि उहाँ नेपाली काङ्ग्रेस बाट टिकट लिएर जित्ने पक्का पक्की रहेको उहाको मत सर्बेक्षण अनुसारले वडा अध्यक्षमा तयारी रहेको बताउनु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here