धादिङमा गठबन्धनको सहमति: कांग्रेस ७, माओवादी र ए.स. ले ३/३ स्थानीय तहको नेतृत्व पाउने

धादिङ । सत्तारुढ गठबन्धनका तीन दलहरू धादिङमा स्थानीय तह बाँडफाँडमा सहमति नजिक पुगेका छन् ।
आइतबार जिल्ला सदरमुकाम धादिङबेसीमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शिर्ष नेताहरुको बैठकले १३ स्थानीय तहको प्रमुख पदको सहमति नजिक पुगेका हुन् ।
जसमा कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले ३ स्थानीय तहको नेतृत्व लिनेबारे सहमति भएको हो ।

उक्त बैठकमा जसपालाई भने नबोलाइएको जसपाका केन्द्रीय सदस्य राजु नेपालले जानकारी दिए । आइतबार जसपा र नेकपा एमालेका नेताहरूबीच स्थानीय तहमा सम्भावित तालमेलबारे प्रारम्भित छलफल सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here