हप्तामा दुई दिन बिदा दिने प्रस्ताव बारे सरकारको यस्तो धारणा

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव छलफलको विषय भएको बताएका छन् । शुक्रबार पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले बिदा दिनेबारे सरकारबाट निर्णय भइनसकेको बताए । 
“दुई दिन बिदा दिने कुराको निर्णय भएको भए म सुनाइहाल्थेँ । यो छलफल र बहसको विषय छ,” उनले भने ।
 
इन्धन खपत कम गर्न आइतबार पनि सार्वजनिक बिदा दिनुपर्ने अर्थमन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here