कपुर गाउँ युवा एकता समाज द्वारा आयोजित भलिबल प्रतियोगिता सम्पन्न

धादिङ । रुबिभ्याली गाउपालिका वडा न ५ स्थित कपुरगाउँमा नयाँ बर्षको पावन अवसरमा कपुर गाउँ युवा एकता समाज द्वारा आयोजित वडा स्तरीय मैत्रीपुर्ण भलिबल प्रतियोगिता बिहिवार सम्पन्न भएको छ ।

प्रतियोगितामा रुबीभ्याली ५ सेर्तुङ को “नमस्ते च्याम्रा युवा समाज” प्रथम हुन सफल भएको छ, भने दोस्रो रुबीभ्याली ६ को “खादिङ तमु समाज” र तेस्रोमा आयोजक समिति रुबीभ्याली ५ को “कपुर गाउँ युवा क्लब” भएका छन ।

साथै बिजेता टिमहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष प्रताप तामाङ द्वारा नगद पुरस्कार, मेडल ट्रफी, प्रमाणपत्र प्रदान गरिएको थियो । खेलको प्रथम बिजेताले रु २०००० नगद पुरस्कार मेडल तथा ट्रफी, दोश्रो हुनेलाई १५००० एबं तेस्रो हुनेलाई १०००० नगद पुरस्कार, मेडल ट्रफी, प्रमाणपत्र लगायतको पुरस्कार प्रदान गरिएको आयोजक समितिले होराईजन खबर लाई बताए ।

सोमबार देखि सुरु भएको उक्त खेलको उद्घाटन समाजसेवी, नागारिक हिरो-२०७५, अन्तराष्ट्रिय धादिङ समाजको बरिष्ठ उपाध्यक्ष एबं नेपाल तामाङ घेदुङको संघीय सदस्य दिनेश तामाङ द्वारा गरिएको थियो । भने समापन समारोहमा धादिङ जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष प्रताप तामाङको प्रमुख आतिथ्य नेकपा माओवादी केन्द्र जिल्ला सदस्य मिम्बा तामाङ, एकीकृत समाजबादी निकट युवा संघ धादिङका उपाध्यक्ष समीर गुरुङ लगायत अतिथिहरुको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here