नीलकण्ठ ३ मा ‘एम्बुलेन्स दाई’ नामले प्रचित नारायण कुमार श्रेष्ठ द्वारा वडा अध्यक्षमा उम्मेदवारी

धादिङ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र नीलकण्ठ नगरपालिका–३ ले उम्मेदवारको टुङ्गो लगाएको छ।
आईतबार बसेको वडा समितिको बैठकले नारायण कुमार श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकले दलित महिला सदस्यमा झरना सुनार र महिला सदस्यमा शान्ति कुमारी श्रेष्ठ, सदस्यहरुमा युवराज रिजाल र रेगन श्रेष्ठलाई छनौट गरिएको बताईएको छ ।
यसैगरी वडा कमिटिको छलफलबाट माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य रुद्र बहादुर खत्रिलाई नीलकण्ठ नगरपालिकाको उपमेयर सर्वसम्मत छनौट गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here