धादिङ पोखरा सम्पर्क समाज ज्वालामुखीको अध्यक्षमा सरोज सिंह कुँवर चयन

धादिङ–पोखरा सम्पर्क समाज, ज्वालामुखी इकाईको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनले सरोज सिंह कुँवरको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षहरुमा लालप्रसाद ढकाल, देवराज अर्याल र राजकुमार आचार्य, सचिवमा सुवास कँडेल, सहसचिवमा रमेश भट्ट, कोषाध्यक्षमा ज्ञानेन्द्र थापा चुनिए । यस्तै, सदस्यहरुमा कमल भण्डारी, धनबहादुर अधिकारी, रेशम अधिकारी, जनक श्रेष्ठ, खेमलाल श्रेष्ठ, दिपेश कुमार गुरुङ, ईन्द्रबहादुर अधिकारी, मञ्जु अधिकारी, शम्भु नेपाली, रमा खनाल पोख्रेल र मैयादेवी आचार्य चयन भए ।
यसअघि, साधारणसभाको उद्घाटन गर्दै धादिङ पोखरा सम्पर्क समाजका अध्यक्ष गोकर्ण लम्सालले समाज र इकाईहरु बिच घनिष्ट सम्बन्ध हुनुपर्नेमा जोड दिए । उनले समाजकै अन्तर्गतमा बनेका इकाईका हरेक गतिविधि समाजको हित र पक्षमा हुनुपर्ने भन्दै आपसमा सहयोग आदानप्रदान हुन जरुरी रहेको उल्लेख गरे ।
विशेष अतिथि धादिङ निर्वाचन क्षेत्र नं २ (क) का प्रदेश सांसद रामकुमार अधिकारीले धादिङको ज्वालामुखी गाउँपालिकाको विकासमा प्रदेशसभाको तर्फबाट धेरै कामहरु भएको उल्लेख गरे । उनले ससाह–मैदी सडक स्तरोन्नति, पाल्पा भञ्ज्याङ् – ढोला – मैदी सडक पिचको काम भैइरहेको पनि बताए । खानेपानी लगायतका अन्य विकास निर्माणका कामहरु सम्पन्न भएको र भइरहेको भन्दै थप अन्य विकास निर्माणका कार्यमा पनि ध्यान दिइने उल्लेख गरे ।
इकाईका अध्यक्ष शेरबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकारहरु रामकृष्ण दुवाडी, सरोज सिंह कुँवर लगायतले बोलेका थिए । कार्यक्रममा उपाध्यक्ष युवराज ईटनीले स्वागत र सचिव लालप्रसाद ढकालले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here