खनियाबास गा.पा का प्रशासन सहायक प्रेम तामाङ द्दारा दिए राजीनामा,अब वडा अध्यक्षको उम्मेदवारी दिने तयारीमा ।

धादिङ, चैत २४,

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली  काङ्ग्रेसबाट, खनियाबास गाउँपालिकाको गा.पा प्रशासन सहायक प्रेमबहादुर तामाङले वडा अध्यक्षको दाबी गरेका छन् ।

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा पालिका सभापतिको उम्मेदवारमा समेत दाबी गरेका तामाङले आफू वडाको दावेदार रहेको बताउनु भएका छन् ।

तामाङ अहिले आफू चुनावी तयारीमा लागेको बताए । पार्टीले टिकटको विषयमा निर्णय गर्ने भएपनि आफू उम्मेदवारको तयारीमा लागेको तामाङले बताएका हुन् । तामाङ खनियाबास गाउँ पालिकामा स्थापित र सबैले रुचाएको नेतृत्व हुन् ।

ऊनी निकै लामो समय देखी गा.वि .स सचीव  हुँदै केहि महिना अघि सम्म पलिकामै गा.पा को प्रशासन सहायक भएर काम गरिसकेको छन् । स्वच्छ, सालिन र मिजासिलो स्वाभका उनी सबै उमेर र क्षेत्रका मानिससँग छिट्टै घुमिल हुनसक्ने नेतृत्व हुन् । उनी सामाजिक विषय वस्तुलाई छिट्टो बुझ्न सक्ने र समय सापेक्ष निर्णय गर्न सक्ने नेतृत्वको रुपमा पनि स्थापित छन् ।

तामाङ विगत १६ बर्ष देखी नेपाली काङ्ग्रेसको क्रियासिल सदस्य हुन् ,उनलाई नेपाली काङ्ग्रेसको पर्दा पछाडीको हिरो भन्नेहरू पनि प्रसस्तै पाउने गरेको उनी निकटका नेता कार्यकर्ताहरुले बताए ।

त्यस्तै ,उनले आफ्नो जीवनकालमा जनताको सेवाको लागि गरेको ती कामहरु यसरी सुनाए !
३ बर्ष नेपाल कोरियन होस्सान्ना adundion मा कार्य बहन गर्नु भएको

,२६ महिना पबित्र आ.वि र झार्लाङ मा.वि मा शिक्षक पेशामा आवद्ध,
लगभग १६ बर्ष ६ महिना १० स्थानीय तहमा प्रशासन सहायक पदमा काम गर्नु भएको ,
नेपाली काङ्ग्रेस पार्टीका सक्रिय भइ काम गर्नुका साथै गाउँ इकाई समितीमा सचीवको रुपमा विगत १५ बर्ष देखि पदिय योगदान दिनु भएका ,प्रेम तामाङलाई आगामी चुनावको वडा अध्यक्ष पदमा समेत पार्टीले दिने नदिने अझैसम्म निर्णय नभएको कुरा तामाङले बताएका छन् ।

´त्यसमा फेरि थपिदै उनले भने,खासमा एक व्यक्ति ,एक पद ,एक पटक,सुरक्षा सुशासन कार्ययोजना सहितको युवाहरू सहभागिता! अग्रजलाई स-सम्मान सहित खनियाबास वडा न:२ को समाजमा बिकासका लागि उनले वडा अध्यक्ष उम्मेदवारी दिने  प्रतिबद्धता गेरेका तामाङले बताएका हुन।

´´उनले वडा अध्यक्ष उम्मेदवारीको दाबिका लागि खनियाबास गा.पा को प्रशासन सहायक पदबाट राजिनामा दिएर अध्यक्ष तयारीमा लागेको समेत बताउनु भएका छन् ।

अध्यक्षको दाबी गर्ने उनीसँगै बर्तमान अध्यक्ष टेक ब. तामाङको पनि दाबी कायम रहेको नेपाली काङ्ग्रेस निकटका नेताहरुको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here