ओलिको अभिव्यक्ति विरुद्ध नेपाल मगर संघ धादिङको प्रेस विज्ञप्ति

धादिङ । नेपालको प्रथम सहिद लखन थापा मगर भनेर स्थापित भैसकेको अवस्थामा सम्पुर्ण सहिदहरुको अपमान हुनेगरी एबं मगर समुदाय प्रती आच आउने किसिमको भ्रामक अबिब्यक्ती दिएक भन्दै नेपाल मगर संघ धादिङ द्वारा प्रेस बिज्ञप्ती निकाल्दै ध्यानाकर्षण गरेको छ ।

केही समय अघि पुर्व प्रधानमन्त्री एबं नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलि र नेता बिस्वभक्त दुलाला (आहुती) लगायतका ब्यक्तिहरुले नेपाल सरकारको निर्णय बिपरित प्रथम सहिद लखन थापा मगर नभएको भन्दै भ्रामक अभिब्यक्ती दिएको भन्दै बिरोध जनाएका हुन । नेपाल मगर संघ धादिङका सचिव ईश्वर पल्लि मगर द्वारा हस्ताक्षरित विज्ञप्तिमा त्यस्ता भ्रमक प्रचार गर्ने हरूले आफ्नो अभिव्यक्ति नसुधारे उनिहरू विरूद्व जस्ताे सुकै कदम चाल्न बाध्य हुने भनिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here