नेकपा माओवादी केन्द्र मै फर्किए धादिङका गाउँपालिमा अध्यक्ष डल्लाकोटी

सोमबार केपी ओली निवास बालकोट पुगेर एमाले प्रवेश गरेका धादिङको वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लकोटी (हरि) आज मुल पार्टीमै फर्किएका छन् ।
समकक्षी नेता कार्यकर्ताको दवाबपछि एमाले प्रवेश गरेको चौविस घण्टा नबित्दै माओवादीमै फर्किएका हुन् ।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष हुन् । एमाले पृष्ठभूमिमा हुर्किएपनि द्वन्द्वको समयमा माओवादीमा लडेका डल्लाकोटी १५ वर्षदेखि निरन्तर माओवादीकै विभिन्न संगठनहरुमा सकृय थिए ।
पहिलो स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादी गठबन्धन गरेर डल्लाकोटी अध्यक्षमा बिजयी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here