आसन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन बिच सहमति: महानगरको उम्मेदवार केन्द्रले तय गर्ने

काठमाडौ । आसन्न स्थानीय तह निर्वाचनमा महानगरमा केन्द्रले र अन्य तहमा तल्लो निकायले उम्मेदवार चयन गर्ने गठबन्धन दलको बैठकले निर्णय गरेको छ। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले  उम्मेदवार चयनका लागि सम्यन्त्र बनाउने निर्णयसमेत गरेको छ। 

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार महानगरमा सत्ता गठबन्धनको केन्द्रीय तहले  र अन्य तहमा स्थानीय स्तरबाटै उम्मेदवारको टुंगो लगाइनेछ। दलहरुबीच स्थानीय तहको निर्वाचनमा एकढिक्का भएर अगाडि बढ्ने सहमति भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here