आगामी निर्वाचनमा बर्तमन गठबंधन सगै चुनावमा जाने: मुख्य मन्त्री राजेन्द्र पाण्डे

धादिङ । रुबीभ्याली ५, लापा स्थित रुप्टुङ देबि आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले आगामी स्थानीय, प्रदेश तथा संघको निर्वाचनमा बर्तमन सत्ता गठबन्धन एक भएर चुनावमा जाने बताउनु भयो ।

साथै रुबिभ्याली ५ को लापामा १ बर्ष भित्र सडक संजाल पुग्ने र त्यसलाई आवस्यक रकम बिनियोजित गर्ने बताउनु भयो ।

कार्यक्रममा प्रदेश सांसद जगत सिम्खडा, रुबिभ्याली ५ का वडा अध्यक्ष धिराज तामाङ, नेकपा माओवादी जिल्ला सदस्यहरु मिम्बा तामाङ, रामसिङ तामाङ एबं एकीकृत समाजबादी जिल्ला सह- सचिव जिबन तामाङ लगायत ब्याक्तित्वहरुको आतिथ्य रहेको होराईजन संबाददाता दावा तामाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here