रोज मेरि चाइल्ड केयर बोर्डिङ द्वारा खुल्ला नृत्य प्रतियोगिता एबं उत्कृष्ट शिक्षक, विद्यार्थी सम्मान

चैत – ४ । धादिङबेसिको बिच बजार स्थित आर. के. प्लटिङमा रहेको रोज मेरि चाइल्ड केयर बोर्डिङ स्कुलले शुक्रबार एक कार्यक्रमको आयोजना गरि कक्षा गत स्तरीय नृत्य प्रतियोगिताको आयोजना गरेको छ । कार्यक्रममा कक्षा ५ का विद्यार्थीहरुलाई बिदाइ गरिनुको साथै पुरानो बिद्यार्थी तथा पुरानो कर्मचारीहरुलाई सम्मान प्रदान गरिनुको साथै बधाई ज्ञापन गरिएको थियो ।

स्थापन कालको छोटो समयमै जिल्लामा शैक्षिक गुणस्तरमा नयाँ फट्को मार्न सफल यस आवासीय विद्यालयले शिक्षण शिकाई संगसंगै अतिरिक्त क्रियाकलापहरु जस्तै नृत्य, गायन, चित्रकला, खेलकुद, हस्ताकलाहरु लगायतका विभिन्न गतिविधिहरुको आयोजना गर्दै आइरहेको छ ।

त्यस्तै कार्यक्रम हरुमा सहभगिता जनाइ विभिन्न बिधामा जिल्ला कै उत्कृष्ट, चित्रकला, नृत्य अनि गायन र नेपाल कै टप टेन चित्रकला र हस्ता लिखित हरुमा भाग लिइ नाम राख्न सफल भुपु विद्यार्थी हरु, सोही बोर्डिङमा अध्यापन गराउने भुपु कर्मचारीहरु अनुशासित, इमानदार, जेहेन्दार विद्यार्थीहरुलाई मायाको चिनो दिई सम्मान गरिएको छ । कार्यक्रममा मिस धादिङ २०७७ को उपाधि जित्न सफल रोहन्स श्रेष्ठ ,भलिबल खेलाडी, तेक्वान्दो खेलाडी लगायत अन्य विद्यार्थी हरुलाई समेत सम्मान गरिएको थियो ।

जिल्ला देखि राष्ट्रिय स्तर सम्म भाग लिएर नाम कमाउने भुपु विद्यार्थीहरु र हाल विद्यालयमा भएका विद्यार्थी शिक्षक शिक्षिकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रीन्सिपल संगीता श्रेष्ठले जिल्ला कै उत्कृष्ट बोर्डिङ बनाउन सबै कर्मचारीहरुको ठूलो योगदान रहेको र सबै विद्यार्थीहरुले पनि मिहिनेतको साथ अध्यन गरेकोले सम्पुर्ण शिक्षक विद्यार्थी एबं अबिभाबकहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

अहिलेसम्म शैक्षिक गुणस्तर अत्यन्तै राम्रै रहेको र राम्रो नतिजा निकाल्दै अन्य स्कुल, कलेज, बोर्डिङहरुमा समेत विद्यार्थी हरुले राम्रो नतिजा सहित प्रगति, उन्नति गर्दै गइरहेको देखेर खुशी लागेको र आफ्नै छोरा छोरीको भन्दा बढी माया गरेर उनीहरुलाई शिक्षण शिकाई गर्न लागि परेको श्रेष्ठले बताईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here