‘मिस्स तमुस्यो लमजुङ २०२२’ प्रतियोगिता लमजुङको बेशीशहरमा हुने

लमजुङ । गुरुङ (तमु) समुदायको संस्कार, संस्कृति भाषा, र भेषभुषालाई संरक्षण, सम्बर्द्धन, प्रबर्द्धन गर्ने उदेश्यका साथ लमजुङ जिल्लाको बेशिशहरमा पहिलो पटक मिस्स तमुस्यो लमजुङ २०२२’ प्रतियोगिता हुने भएको छ । साथै प्रतियोगिता लमजुङ जिल्ला भित्र रहेका गुरुङ (तमु) समुदायका महिलाहरु बिच हुन लागिएको हो ।

उक्त प्रतियोगिताले लमजुङ जिल्ला लगायत अन्य जिल्लाहरुको भाषा, संस्कृति लगायतका  कुराहरु आदानप्रदानको निम्ति समेत सहयोग पुग्ने आयोजक समितिको भनाइ रहेको छ ।

चैत १५ गते देखि लमजुङको बेशीशहरमा अडिसन हुने  उक्त प्रतियोगितामा सहभागी हुन इच्छुक ब्यक्तिहरुले तल उल्लेखित सम्पर्क नम्बरहरुमा सम्पर्क गर्न सक्नु हुनेछ ।
बबिता गुरुङ 9808243046
सोनिका गुरुङ 9808108260/9867749622

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here