सन्दिप तामाङ, फागुन – २९ । धादिङको ज्वालामुखी गाउँपालिकामा एकीकृत समाजवादी पार्टीको गाउँ पालिका स्तरीय संघठन समिति शनिबार गठन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री डा. गङ्गा लाल तुलाधार, विशेष अतिथी धादिङ जिल्ला पार्टी अध्यक्ष एवम पुर्व संविधान सभा सदस्य गुरु प्रसाद बुर्लाकोटीको आतिथ्यमा धादिङ साध भञ्ज्याङ् को चित्रेपाखे डाडामा सम्पन्न कार्यक्रम बाट अध्यक्षमा भानु भक्त दुवाडी, उपध्याक्षमा जुना राना,पर्शुराम तिमल्सिना,सचीवमा, प्रेम बहादुर अधिकारि, उप-सचीवमा शिवराज छत्कुली र लक्ष्मी श्रेष्ठ लगायतका पदाधिकारी हरु चयन गरिएको छ ।
त्यस्तै, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संघठनमा अध्यक्ष, श्याम कुमार श्रेष्ठ, उपाध्यक्ष कल्पना अर्याल उपाध्यक्ष तारा आले सचीव हरिस्चन्द्र आचार्य, उपसचीव ध्रुव कुमार श्रेष्ठ, कोषध्याक्ष लक्ष्मी तिमिल्सिना दुवाडी, सहकोषाध्यक्षमा शाशी मगर एबं सदस्यहरुमा सम्झना श्रेष्ठ, कविता श्रेष्ठ, श्याम कुमार महतो, कोपिला अधिकारी, निर्मला गैरेपिरे र रमिला खनाल चयन गरिएको ज्वालामुखी गाउँ पालिकाको युवा नेता एवम धादिङ जिल्ला सदस्य सुरेश भट्टले जानकारी गराउनु भयो ।