ललितपुरमा कोइला बालेर सुतेका एकै घरका ५ जनाको निसासिएर मृत्यु

काठमाडौ । ललितपुरमा एकै परिवारको पाँच जनाको मृत्यु निसासिएर भएको पुष्टि भएको छ । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुकी काइली स्याङ्तानको घरमा पाँच जनाको शव आज बिहान मृत अवस्थामा फेला परेको थियो । घटना भएलगत्तै प्रहरी घटना स्थल पुगेको थियो ।

आइतवार बेलुका खाना खाएर सुतेका उनीहरुले कोइला बालेर सुतेकाले निसासिएर ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा एक जना भने गम्भिर अवस्थामा फेला परेका थिए । उनको अहिले उपचार भइरहेको छ ।
मृत्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्तान, २३ वर्षीया सुषमा, ९ वर्षीय आशिष ,७ वर्षीय आस्मा रहेका छन् । दुई दिनको शिशुको भने उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here