मंगोल नेशनल अर्गनाईजेसन नेत्रावती डब्जोङको अध्यक्षमा बल बहादुर तामाङ चयन

धादिङ । मंगोल नेशनल अर्गनाईजेसन नेत्रावती डब्जोङ गाउँपालिकाको सभा आइतबार सम्पन्न भएको छ । उक्त सभाबाट बल बहादुर तामाङ्को अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको छ । जसको सचिवमा सिद्धार्थ घले, सह–सचिवमा सोम माया तामाङ, कोषाध्यक्षमा धन बहादुर तामाङ, सदस्यमा मनिका तामाङ लगायतको समिति गठन गरिएको छ ।

बल बहादुर तामाङ्को सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मंगोल नेशनल अर्गनाईजेशन केन्र्दिय सर्वोच्च सभाका सदस्य रिन्छेन दोर्जे तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने, बिशेष अतिथिमा बागमति प्रदेश सभाका कोषध्यक्ष सालिक मगर, धादिङ जिल्ला सभा अध्यक्ष धर्मराज सेन्देन,कोषध्यक्ष विर बहादुर तामाङ,सह–सचिव चमन गल्देन तामाङ, ,सल्हकार सन्तोष तामाङ लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि तामाङले मानब उत्पति, अस्तित्व र पहिचानका साथै मंगोल नेशनल अर्गजेशनको राजनैतिक अवधारणा र उद्देश्यको बारेमा बताए । साथै मुलबासी मंगोलहरुको अस्तित्व र अधिकार संगै मुलुकको दिगो बिकास र प्रगतिको निम्ति सवै मंगोलहरु एकजुट भई आगामी आसन्न निर्वाचनमा तयारीका साथ लाग्नुपर्ने उपस्थित अथितिहरुको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here