गंगाजमुना र खनियाबासका ३ विद्यालयहरुमा कम्प्युटर तथा स्विटर बितरण

धादिङ । “हेल्प रुलर नेपाल युके” को सहयोगमा गङगाजमुना-१ को सितालादेबी आधारभूत विद्यालयमा ४ वटा कम्प्युटर बितरण गरिएको छ । त्यस्तै खनियाबास गाउँपालिका वडा न. २ स्थित झार्लाङ मा.बि एबं बेन्दिदेबी माध्यमिक विद्यालयमा २, २ सेट कम्प्युटर र ५०/५० सेट स्विटर बिहिवार बितरण गरिएको प्रदेश सदस्य जगत बहादुर सिम्खडाको स्वकीय सचीव प्रेम तामाङले होराईजन खबरलाई बताउनु भयो ।

कार्यक्रममा बागमती प्रदेश सदस्य जगत ब. सिम्खडा, नेकपा माओवादी केन्द्र बागमती प्रदेश, सह-सचीव बिजय बुर्लाकोटी, Help Rural Nepal UK नेपालका प्रमुख सितल चन्द धरेल एबं नेकपा माओवादी खनियाबासका अध्यक्ष, इन्चार्ज एबं सहसचिव लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here