धादिङ । गत महिनाको माघ १९ को लागि आयोजना गरिएको साेनाम ल्हाेछार कार्यक्रम कोरोना महामारी कराणबस स्थगित भएपछि ग्याल्बोल्होछारको अवसर पारि सोनाम ल्होछार बिशेष सांस्कृतिक कार्यक्रम गर्न लागेको हो । सोनाम ल्होछार तामाङ समुदायहरुको महा पर्व भएकोले एक महिना सम्म मनाउने गर्दछ ।
मन्जुश्री सम्बत २८५८औं ता-ल्हो (बाघ बर्ग) लाई स्वागत गर्दै लङ ल्हो ( गाेरु बर्ग)लाई बिदाइ गर्न यो शुभकामना आदानप्रदान तथा बृहत् सस्कृतिक कार्यक्रम आयोजना हुने अायाेजकले जानाएकाे छ ।
गत वर्ष युवा तामाङ घेदुङको आयोजनामा सोनाम ल्होछार अर्थात नयाँ बर्ष मानएको थियो भने यश बर्ष म्हेदाेमाया कलाकार संघ धादिङको आयोजना गर्न लागिएकाे हाे ।
यस बृहत् सस्कृतिक कार्यक्रममा म्हेन्दोमाया क्षेत्रका राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरु पनि आउने जानकारी आयोजक टिम म्हेन्दोमाया कलाकार संघ धादिङले जनाएकाे छ ।