माओवादीको आधार इलाकामा जनयुद्ध दिवस मनाइयो

फागुन- १ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबिभ्याली ५ को लापामा २७ औ जनयुद्ध दिवस भब्यताको साथ मनाइएको छ ।

नेकपा माओवादी केन्द्र रुबिभ्याली ५ का वडा अध्यक्ष म्लङ्गे तामाङको अध्यक्षतामा माओवादी केन्द्र बागमती प्रदेशका सदस्य मिम्बा तामाङको प्रमुख आतिथ्यता एबं रुबिभ्याली ५ का जनप्रतिनिधि धिराज तामाङको आतिथ्य रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले जनयुद्धको चर्चा गर्दै भन्नुभयो, २०५२ माघ २२ गते नेकपा संयुक्त जनमोर्चा नेपाल पार्टी का प्रतिनिधि बाबुराम भट्टराईको नेतृत्वमा ४० बुदे माग पत्र तत्कालीन प्रधानमन्त्री सेर बहादुर देउवा लाई बुझाए तर त्यसको ध्यानाकर्षण नभए पछि जनयुद्धको थालनी २०५२ फागुन १ गते देखि भएकोले त्यसै दिनको सम्झना स्वरुप जनयुद्ध दिवस मनाइने गरिएको एबं जनयुद्ध कै कारण देशमा लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, संबिधान सभा बाट पहिलो पटक नयाँ संविधान आएको बताउनु भयो ।

यद्यपि रुबिभ्यालीमा भने अझै संघीयता बिरोधिको शासन सत्ता रहेकोले, यस्को निम्ति फेरि एकपटक माओवादीहरु एकजुट भै आफ्नो नेतृत्वमा सत्ता संचालन गरे पछि मात्रै रुबिभ्यालिले बिकासको मुहार फेर्ने बताउनु भयो ।