काठमाडौ । सिसिएमसिको आजको बैठकले सरकारलाई फागुन १ गतेदेखि विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन गर्न दिने सिफारिस गरेको छ । कोभिड-१९ संक्रमणदर घट्दै गएको भन्दै सिसीएमसीको आज बसेको बैठकले बिद्यालय खोल्न सिफारिस गरेको हो।
बैठकले रात्रिकालीन व्यवसाय र खेलकूद पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको स्रोतले जनाएको छ।
त्यसैगरी उपत्यकाभित्र यातायातमा लागु जोर-बिजोर हटाउन सिफारिस गरिएको छ। अहिले निजी सवारी साधन र ट्याक्सीहरूमा जोर-बिजोर प्रणाली लागु थियो।
यश बिषयमा थप निर्णय भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले गर्नेछ ।