ज्यामरुङमा गोरु जुधाई तथा गिर प्रतियोगिता सम्पन्न

धादिङ । जिल्ला प्रशाशन धादिङबाट प्रतियोगिता नगर्न अनुरोध आएपनी प्रतियोगिता को स्वरुप परिवर्तन गरेर कार्यक्रम समपन्न भएको छ ।
कोभिडलाई बिशेष ख्यालमा राखी माक्स, सेनिटाईजरको प्रयोग गरी सामाजिक दुरी कायम गरी प्रतियोगिता समपन्न भएको छ ।
‘बुल फाइट’ अर्थात् गोरु जुधाई प्रतियोगितामा कुल ३ हल गोरु जुधाइ भएका थिए । प्रतियोगितामा भाग लिएका सबै गोरु धनीहरुलाई आयोजकले नगद रकम हस्तान्तरण गरेको थियो ।
प्राचीन महत्व बोकेको गिर खेलपनी खेलिएको थियो, जसमध्ये a,b,c,d चारवटा टिमको सहभागिता रहेको थियो । पुरुष समुहको भने a र b महिला टिमको पनी सहभागीता रहेको थियो । पुर्बनिर्धारीत समयमा कार्यक्रम सफल गर्न नसक्नु । र स्थानको छनोट मा कमिकमजोरी देखिनु आयोजक पक्षले covid लाई मध्यनजर गर्दै प्रशासन बाट कार्यक्रम नगर्न अनुरोध लाई लिएको छ । तर पनी सानो मैदानमा ब्यापक उपस्थिति लाई आयोजकको तर्फबाट धन्यवाद् ज्ञापन गरेका थिए । गिर खेल सम्भवत नेपालमा नै पहिलो पटक धादिङ को ज्यामरुङमा संन्चालन गरिएको खेल हो ।
युट्युब र सामाजिक संन्जालमा समेत भेट्न नसकिने दुर्लभ खेलको यसपालि आयोजना धादिङको ज्यामरुङबाट नै भयो । आगामी बर्षहरुमा यसलाई महोत्सव को रुपमा लैजान सकेमा समग्र ज्यामरुङको प्रचार प्रसारमा टेवा पुग्न सक्ने गिर प्रतियोगिता का रेफ्री फडिन्द्र धमला बताउनु हुन्छ । भने वडा तथा नगर बाट आयोजना हुनुपर्ने यी कार्यक्रम स्थानिय बासिन्दाहरुले गर्नुपरेको छ । आगामी बर्षहरुमा वडा/नगर बाट नै होस् भन्ने गोरु जुधाई तथा गिर प्रतियोगिता का संयोजक ईश्वरी ब. लंम्साल भन्नुहुन्छ ।
(उज्जल धमला होराईजन खबर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here